मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आजदेखि सुरु

2.5K
SHARES
संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आजदेखि सुरु

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’ आज (आइतबार) बाट सुरु गर्ने भएको छ । पहिलो कार्यक्रम काठमाडौंको कालिकास्थानमा आयोजना हुने जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

मधेस केन्द्रित सात दलको गठबन्धन रहेको मोर्चाले काठमाडौंसहित भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगन्जमा जनजागरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

कार्यक्रमहरूमा मोर्चाका शीर्ष नेताहरूले संघीय लोकतान्त्रिक मोर्चाको गठन किन आवश्यक भयो भन्नेबारे जनतालाई स्पष्ट जानकारी दिनेछन् ।

प्रचार प्रमुख बस्नेतका अनुसार कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन मोर्चाका सम्पूर्ण घटक दलहरू तयारीमा जुटेका छन् । जसपा नेपालले आठवटै स्थानमा सहभागी हुने आफ्ना नेताहरूको नाम पनि टुङ्गो लगाइसकेको उनले बताए ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १८, आईतवार ०४:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP