मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विधान संशोधनका लागि सुझाव माग्दै एमालेको निर्देशन, भदौ १० अन्तिम म्याद

2.4K
SHARES
विधान संशोधनका लागि सुझाव माग्दै एमालेको निर्देशन, भदौ १० अन्तिम म्याद

काठमाडौं । नेकपा एमालेले पार्टी विधान संशोधनसम्बन्धी सुझाव पठाउन सबै कमिटीलाई भदौ १० गतेसम्मको समयसीमा दिएको छ ।

नवौं केन्द्रीय कमिटी बैठकका निर्णयहरूसहित जारी गरिएको अपानि–१२ मार्फत एमालेले मातहतका कमिटी तथा सदस्यहरूलाई आगामी भदौ २० देखि सुरु हुने विधान महाधिवेशनमा प्रस्तुत हुने संशोधन प्रस्तावमा लिखित सुझाव दिन आग्रह गरेको हो ।

“केन्द्रीय समितिबाट पारित संशोधन प्रस्तावमा पार्टीका कमिटी तथा सदस्यहरूले आफ्ना धारणा र सुझावहरू भदौ १० भित्र लिखित रूपमा केन्द्रीय कार्यालयमा पठाउनु पर्नेछ,” अपानीमा उल्लेख छ ।

पार्टीको निर्देशनअनुसार प्रदेश, जिल्ला र अन्य निकायहरूबाट प्राप्त सुझावहरू विधान महाधिवेशनअघि बस्ने केन्द्रीय कमिटीको बैठकमा छलफल गरी आवश्यक निर्णय गरिने बताइएको छ ।

यसपटकको महाधिवेशनका लागि एमाले नेतृत्वले उमेर सीमा र कार्यकाल सीमा जस्ता संवेदनशील विषयमा समेत संशोधन प्रस्ताव अघि बढाइसकेको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तयार भएको संशोधन मस्यौदाले पार्टी विधानको धारा ६४ हटाउने प्रस्ताव गरेको छ, जसमा ७० वर्षे उमेर सिमा र एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने व्यवस्था थियो ।

यी प्रावधानहरू हटाउने प्रस्तावलाई लिएर हाल पार्टीभित्र व्यापक बहस जारी छ । सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीले यसअघि नै ती व्यवस्थालाई संशोधन गर्नुपर्ने सिफारिस गरिसकेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १३, मंगलवार ०५:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP