मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सामाजिक सुरक्षा भत्ता नविकरणका लागि खिजीदेम्बा–३ का लाभग्राहीलाई वडा कार्यालयमा उपस्थित हुन आग्रह

3.7K
SHARES
सामाजिक सुरक्षा भत्ता नविकरणका लागि खिजीदेम्बा–३ का लाभग्राहीलाई वडा कार्यालयमा उपस्थित हुन आग्रह

खिजीफलाटे । ओखलढुंगास्थित खिजीदेम्बा गाउँपालिका–३ मा विभिन्न प्रकारका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीहरूलाई भत्ता नविकरणको प्रक्रिया सुरु भएको छ । स्थानीय सरकारले जारी गरेको सूचनाअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ का लागि सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ९ तथा भत्ता वितरण कार्यविधि, २०७७ को नियम ४ बमोजिम नविकरण आवश्यक भएको हो ।

यस सन्दर्भमा लाभग्राहीहरूले मिति २०८२ साउन ४ गतेदेखि भदौ दोस्रो हप्ताभित्र आफैँ सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातसहित उपस्थित भई नविकरण गराउनुपर्ने वडा कार्यालयले स्पष्ट पारेको छ । समयमै नविकरण नगरेमा भत्ता रोकिन सक्ने भएकाले निर्धारित समयसीमाभित्र उपस्थित हुन आग्रह गरिएको छ ।

नविकरणका लागि आवश्यक पर्ने कागजातहरूः
— नेपाली नागरिकताको प्रतिलिपि
— राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र आवेदनको रुजु फाराम
— बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्र र बाबुरआमाको नागरिकता प्रतिलिपि
— पूर्ण तथा अति अशक्त अपाङ्गताको हकमा अपाङ्गता परिचयपत्रको प्रतिलिपि
— एकल महिलाको हकमा श्रीमान्को मृत्युदर्ता प्रमाणपत्र, नागरिकता, र अर्को विवाह नगरेको प्रमाणित सिफारिस

वडाका जनप्रतिनिधिहरूले यस प्रक्रियालाई सहज र प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । वडा कार्यालयले सबै लाभग्राहीहरूलाई तोकिएको समयमै उपस्थित भई आवश्यक प्रक्रिया पूरा गर्न पुनः आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ५, सोमबार १०:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP