मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री ओलीविरुद्ध विश्वासको मत माग्दै सर्वोच्चमा रिट

2.1K
SHARES
प्रधानमन्त्री ओलीविरुद्ध विश्वासको मत माग्दै सर्वोच्चमा रिट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता बिरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा दर्ता गराएको रिटमार्फत प्रधानमन्त्री ओलीलाई संसद्‌मा विश्वासको मत लिन आदेश दिनुपर्ने माग गरिएको छ ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले ३२ असार, २०८२ मा सरकारलाई दिएको समर्थन औपचारिकरूपमा फिर्ता लिएको घोषणा गरेको थियो । समर्थन फिर्तापछि पनि प्रधानमन्त्रीले विश्वासको मत नलिएको र संविधानको धारा १०० अनुसार अनिवार्य प्रक्रिया पूरा नभएको दाबी निवेदनमा गरिएको छ ।

रिट निवेदनमा प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख देवराज घिमिरे, संघीय संसद् सचिवालय र राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाइएको छ ।

अधिवक्ता केसीले समर्थन गुमाइसकेको अवस्थामा पनि प्रधानमन्त्री पदमा निरन्तरता दिनु संवैधानिक व्यवस्थाको उल्लंघन भएको बताएका छन् । उनले भने, ूप्रधानमन्त्रीले अबिलम्ब संसद्बाट विश्वासको मत लिनुपर्नेमा ढिलाइ गर्नु संविधानको मूल मर्म विपरीत छ ।ू

अब सर्वोच्च अदालतले यस विषयमा कस्तो फैसला गर्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ५, बिहीबार ११:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP