मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पूर्वराष्ट्रपति भण्डारीको निजी वेबसाइट सार्वजनिक

2.1K
SHARES
पूर्वराष्ट्रपति भण्डारीको निजी वेबसाइट सार्वजनिक

काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीले आफ्ना राजनीतिक, सार्वजनिक र वैचारिक यात्रालाई समेट्ने निजी वेबसाइट सार्वजनिक गरेकी छन् । हालै सक्रिय राजनीतिमा फर्किएकी भण्डारीले www.bidyabhandari.com.np डोमेनमार्फत आफ्नो आधिकारिक डिजिटल उपस्थिति सार्वजनिक गरेकी हुन् ।

भण्डारीको सचिवालयका अनुसार उक्त वेबसाइटमा उनको सार्वजनिक जीवनसँग जोडिएका मुख्य घटनाक्रम, राजनीतिक यात्राको दस्तावेज, राष्ट्रपतिको रूपमा उनले निर्वाह गरेका दायित्वहरू, अन्तरराष्ट्रिय कार्यक्रममा सहभागिता, विचार–अभिव्यक्ति, तस्बिरहरू, अभिलेख तथा सम्बोधनहरू संग्रह गरिएको छ ।

वेबसाइटमा रहेका सामग्रीहरू रिसर्च, अध्ययन तथा सन्दर्भको हिसाबले उपयोगी हुने विश्वास व्यक्त गर्दै भण्डारीले इतिहासमा चासो राख्ने शोधकर्ता, विद्यार्थी, पत्रकार तथा सर्वसाधारण सबैका लागि वेबसाइटलाई जानकारीको भरपर्दो माध्यम बनाउने प्रयास गरिएको उल्लेख गरेकी छन् ।

पूर्वराष्ट्रपति भण्डारी अहिले एमाले नेतृत्वको राजनीतिमा फेरि सक्रिय हुँदै गर्दा यो वेबसाइट उनको राजनीतिक पुनरागमनसँगै सार्वजनिक विमर्शमा थप चासोको विषय बन्ने अनुमान गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ३२, बुधबार ०५:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP