मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चिकित्सकहरूको आन्दोलनले देशभरका अस्पतालमा आकस्मिकबाहेक सेवा ठप्प

2.1K
SHARES
चिकित्सकहरूको आन्दोलनले देशभरका अस्पतालमा आकस्मिकबाहेक सेवा ठप्प

काठमाडौं । नेपाल चिकित्सक संघको आव्हानमा सोमबार देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएका छन् । उपचारमा त्रुटि देखाउँदै उपभोक्ता अदालतले अस्पताल र चिकित्सकहरूलाई क्षतिपूर्ति तिराउन थालेपछि चिकित्सकहरू आन्दोलित भएका हुन् ।

ओम अस्पताल, हिमाल अस्पताल र ग्राण्डी सिटी अस्पताल तथा त्यहाँ कार्यरत चिकित्सकहरूलाई उपभोक्ता अदालतले क्रमशः ५० लाख ७० हजार, १ करोड ४५ लाख र ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामीका परिवारलाई तिर्नुपर्ने फैसला गरेपछि चिकित्सकहरू आक्रोशित बनेका छन् । यसै कारण आज देशभरका चिकित्सकहरूले आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेका हुन् ।

नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीविरुद्ध पाटन उच्च अदालतले अदालतको अवहेलना मुद्दामा सात दिनभित्र उपस्थित हुन निर्देशन दिएपछि आन्दोलन चर्किएको हो । आन्दोलनमा देशका नौवटा प्रमुख स्वास्थ्य संस्थाहरूले ऐक्यवद्धता जनाएका छन् ।

सेवा बहिष्कारका कारण सर्वसाधारण बिरामीहरू उपचार नपाएर निकै समस्या भोगिरहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २३, सोमबार ०५:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP