मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अस्थायी पुलमार्फत भक्तपुर–बनेपा वैकल्पिक सडक खुल्यो

1.9K
SHARES
अस्थायी पुलमार्फत भक्तपुर–बनेपा वैकल्पिक सडक खुल्यो

काभ्रे । नाला–भक्तपुर सडकखण्डमा तीन दिनपछि आइतबार बिहानदेखि सवारी आवागमन पुनः सुचारु गरिएको छ । शुक्रबार राति बनेपाको वडा नं ४ र १ को सीमामा रहेको पुरानो पुल भाँचिएपछि यातायात पूर्णतः अवरुद्ध भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपाका अनुसार शनिबार राति आपतकालीन रूपमा छ वटा ठूला ह्युमपाइप राखेर अस्थायी पुल निर्माण गरिएपछि आइतबारदेखि गाडी चल्न थालेका हुन् ।

प्रहरी निरीक्षक एवं ट्राफिक प्रमुख सुनिल धाँजुका अनुसार बनेपा नगरपालिका र सडक डिभिजनको समन्वयमा रातभर काम गरी वैकल्पिक आवागमनका लागि पुल सञ्चालनमा ल्याइएको हो ।

नाला–च्यामासिङ खण्ड राजधानी काठमाडौंतर्फ आवतजावत गर्न प्रयोग हुने वैकल्पिक मार्गका रूपमा विशेष महत्त्वको मानिन्छ । भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको अरनिको राजमार्ग विस्तार भइरहेको हुँदा अधिकांश सवारी सो वैकल्पिक सडक प्रयोग गर्दै आएका थिए ।

पुल भाँचिएको घटनाबारे स्थानीयले जानकारी दिँदै भने— ‘शनिबार राति मालवाहक गाडी पुल कटेपछि तत्कालै ४५ वर्ष पुरानो पुल ढल्यो ।’

पुल २०३७ सालमा निर्माण गरिएको थियो ।

सडक अवरुद्ध हुँदा काठमाडौंबाट बाहिरिने र प्रवेश गर्ने सवारी साधन तीन दिनसम्म रोकिएका थिए । अब भने अस्थायी पुलमार्फत सवारी सामान्य रूपमा चल्न थालेको ट्राफिक प्रहरीको भनाइ छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २२, आईतवार ०४:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP