मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सर्वदलीय बैठकः सबै दल निर्वाचनमा सहभागी हुन तयार

1.7K
SHARES
सर्वदलीय बैठकः सबै दल निर्वाचनमा सहभागी हुन तयार

काठमाडौं । मंगलबार प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सहभागी सबै दलहरू आगामी प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने स्पष्ट संकेत दिएका छन् । सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरिसकेको छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै दल निर्वाचनमा भाग लिन तयार भएको जनाएका छन् । यद्यपि, दलहरूले निर्वाचनको सुरक्षा व्यवस्थाप्रति चासो व्यक्त गरेको उनले बताए ।

छलफलको क्रममा जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका घटनाबारे गम्भीर चिन्ता व्यक्त गरिएको थियो । सहभागी दलहरूले ती घटनाहरूको छानबिन गरी दोषीहरूलाई कारबाही गर्न माग गरेका छन् ।

बैठकमा सुशासन, भ्रष्टाचार नियन्त्रण तथा निर्वाचन सफल बनाउनुपर्ने आवश्यकताका विषयमा पनि छलफल भयो । मन्त्री खरेलका अनुसार सरकारले निर्वाचनको समुचित वातावरण निर्माण गर्नुपर्ने जिम्मेवारीबारे दलहरूसँग छलफल गर्‍यो ।

सर्वदलीय बैठकमा सहभागी दलहरूले निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण सञ्चालनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध गर्न सरकारलाई आग्रह गरेका छन् । खरेलले भने, “राजनीतिक दलहरूको तर्फबाट सुरक्षाको वातावरण अलि बढी मिलाउनुपर्ने कुराहरू आएको छ । सबै दलहरूले चुनावमा भाग लिने कुरा गर्नुभएको छ ।”

सरकार र राजनीतिक दलहरूबीच सहकार्य तथा समन्वयमा आगामी निर्वाचन सम्पन्न गर्ने तयारी देखिएको छ । यद्यपि, दलहरूले सुरक्षित वातावरण सुनिश्चित गर्न सरकारले अझ बढी प्रयास गर्नुपर्ने सन्देश दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ५, बुधबार ००:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP