मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सांसद थानीको प्रश्नः ‘सभापति खतिवडाको कोर टिममा को–को थिए ?’

1.8K
SHARES
सांसद थानीको प्रश्नः ‘सभापति खतिवडाको कोर टिममा को–को थिए ?’

काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले संघीय निजामती सेवा विधेयकमा भएको संशयास्पद चलखेलबारे समिति सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई घेरामा ल्याएका छन् । उनले समितिको बुधबारको बैठकमा दुवैलाई सीधै प्रश्न गर्दै कसको प्रभावमा विवादास्पद बुँदा थपियो भनेर जवाफ मागे ।

थानीले सचिव दुरालाई लक्षित गर्दै सोधे, ‘तपाईंले विधेयक नपढी सही गर्नुभयो भन्ने लाग्दैन । तर, के तपाईंले कुनै प्रभावमा परेर धारा ५(क) थप्नुभयो ?,’ उनले थपे, ‘तपाईं त अनुभवी सचिव हो, नयाँ व्यक्ति होइन । अनि सभापति खतिवडा पनि सामान्य व्यक्ति होइनन् । त्यसैले ‘थाहा थिएन’ भनेर उम्किन मिल्दैन ।’

थानीले सभापति खतिवडामाथि पनि गम्भीर प्रश्न उठाए । ‘सभापतिज्यू, तपाईंको कोर टिममा को–को थिए?’ भन्दै उनले कांग्रेस र एमालेका तर्फबाट समितिमा को–को सहभागी थिए भनेर स्पष्ट गर्न माग गरे । ‘यसरी त संसदीय समितिको अस्तित्वमै प्रश्न उठ्छ । तपाईंको एकल निर्णयले हामी असन्तुष्ट भएका छौँ,’ थानीले भने ।

निजामती सेवा विधेयकमा सुरुमा राखिएको दुई वर्षे ‘कुलिङ पिरियड’ पछि विधेयक पारित गर्ने चरणमा फरक व्यवस्था राखिएको आरोप लागेको छ । यसै कारण सभापति खतिवडा र सचिव दुरा दुवैको भूमिकामाथि प्रश्न उठेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १८, बुधबार ०७:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP