मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमतीमा नयाँ मुख्यमन्त्री चयन प्रक्रिया अघि बढ्यो

2K
SHARES
बागमतीमा नयाँ मुख्यमन्त्री चयन प्रक्रिया अघि बढ्यो

हेटौँडा । बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ ।

आइतबार मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि पहल गर्न आह्वान गरेका हुन् ।

लामाले संविधानको धारा १६९(१)(क) बमोजिम आफ्नो राजीनामा पेश गरेका थिए ।

संविधानको धारा १६८(२) अनुसार प्रदेशसभामा दुई वा सोभन्दा बढी दलको समर्थन जुटाउन सक्ने कुनै एक सांसदले मुख्यमन्त्रीको दाबी पेश गर्न सक्ने प्रावधान छ । सोही आधारमा दाबी पेश गर्न बोलाइएको हो ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाद्वारा जारी विज्ञप्तिमा मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री पदका आकांक्षीले आफ्नो दाबी सहित निवेदन पेश गर्न भनिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १९, सोमबार १०:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP