मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निफको ९औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा शोभा सुनुवार

2.3K
SHARES
निफको ९औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा शोभा सुनुवार

काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) को ९औँ राष्ट्रिय महाधिवेशनबाट शोभा सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । नयाँ नेतृत्व चयनसँगै महासंघले आगामी कार्यकालका लागि आफ्नो दिशा र प्राथमिकताहरू समेत स्पष्ट गरेको छ ।

नवनिर्वाचित कार्यसमितिमा हिमाली उपाध्यक्षका रूपमा पुष्पा बुढाथोकी, पाहाड उपाध्यक्षमा अर्चना दनुवार र तराई उपाध्यक्षमा आशाकुमारी चयन भएका छन् । महासचिवमा धनकुमारी राना र कोषाध्यक्षमा नानु थामी निर्वाचित भए भने अन्य विभिन्न पदहरूमा पनि नयाँ जिम्मेवारी बाँडफाँड गरिएको छ ।

महासंघको जनसम्पर्क तथा संगठन विस्तार सचिवमा भक्तकुमारी भुजेल, भाषा तथा संस्कृति सचिवमा नरमाया दुरा, अनुसन्धान, सूचना तथा सञ्चार सचिवमा थाक्ची शेर्पा तथा विदेश तथा परियोजना सचिवमा हिमा कुसुण्डा चयन भए । नयाँ कार्यसमितिले संस्थाको संगठनात्मक मजबुतीका साथै विविध क्षेत्रमा सक्रियता बढाउने लक्ष्य लिएको छ ।

महाधिवेशनबाट निर्वाचित नेतृत्वले आदिवासी महिलाको हकअधिकारको संरक्षण, भाषा तथा संस्कृतिको जगेर्ना, र समावेशी नीतिको प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने विश्वास गरिएको छ । साथै, संस्थालाई थप प्रभावकारी र सशक्त बनाउँदै समुदायसँगको सम्बन्ध अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

निफका नवनिर्वाचित अध्यक्ष शोभा सुनुवार

नवनिर्वाचित अध्यक्ष शोभा सुनुवारले आफ्नो कार्यकालमा आदिवासी महिलाका मुद्दाहरूलाई सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै संगठन विस्तार, नीति निर्माणमा प्रभावकारिता तथा समुदायसँग सहकार्यलाई उच्च प्राथमिकता दिने बताइन् ।

हाल महासंघमा ५० भन्दा बढी जातीय महिला संस्थाहरू आबद्ध रहेका छन् । नयाँ नेतृत्वले ती संस्थाहरूबीच समन्वय गर्दै समग्र आदिवासी महिलाको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १६, सोमबार १५:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP