मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सूर्यपुराघाटमा दुर्गा मूर्ति विसर्जनका क्रममा ३ युवाको डुबेर मृत्यु

3.4K
SHARES
सूर्यपुराघाटमा दुर्गा मूर्ति विसर्जनका क्रममा ३ युवाको डुबेर मृत्यु

रुपन्देही । रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुराघाटमा दुर्गा मूर्ति विसर्जनका क्रममा तीन जनाको डुबेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार बुधबार दिउँसो करिब ३ बजे दानव र कञ्चन नदीको संगमस्थल सन्तेश्वर घाटमा मूर्ति विसर्जन गर्न गएका तीन युवा डुबेर बेपत्ता भएका थिए । खोजीपछि उनीहरूको शव घटनास्थलबाट करिब २०० मिटर तल फेला परेको हो ।

मृत्यु हुनेमा मायादेवी गाउँपालिका–१ का अजय हरिजन (१३ वर्ष), दीपु हरिजन (१५ वर्ष), र रोहित हरिजन (२८ वर्ष) रहेका छन् ।

घटनाबारे जानकारी दिँदै रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्कीले स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूको सहयोगमा खोजी कार्य सम्पन्न गरिएको बताए ।

दुर्गा पूजा सम्पन्न गरेपछि विसर्जनको क्रममा भएको यो दुखद घटनाले स्थानीय क्षेत्रलाई शोकमा डुबाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ५, बुधबार १४:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP