मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रास्वपाका तीन विभागमा नयाँ नेतृत्व: प्रशिक्षण, प्रचार र अनुसन्धानमा नयाँ अनुहार

3.4K
SHARES
रास्वपाका तीन विभागमा नयाँ नेतृत्व: प्रशिक्षण, प्रचार र अनुसन्धानमा नयाँ अनुहार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खालि रहेका तीन महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व तोकेको छ । शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रशिक्षण, प्रचारप्रसार र अनुसन्धान विभागमा नयाँ प्रमुखको जिम्मेवारी बाँडेको हो ।

प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पार्टीका सह–महामन्त्री विपिनकुमार आचार्यलाई दिइएको छ । यसअघि यो विभाग पूर्वबैंकर तथा चर्चित व्यक्तित्व अनील केशरी शाहको नेतृत्वमा थियो । शाहले केन्द्रीय सदस्य पदबाट राजीनामा दिएसँगै विभाग रिक्त बनेको थियो ।

यस्तै, अभियान तथा प्रचारप्रसार विभागको जिम्मा कार्यवाहक प्रवक्ता मनिष झालाई दिइएको छ । झा विगत केही समयदेखि पार्टीको प्रवक्ता समूहमा सक्रिय रूपमा संलग्न थिए, र पार्टीको विचार, गतिविधि र रणनीति सार्वजनिक गर्न उनी अग्रपङ्क्तिमा देखिँदै आएका थिए ।

त्यसैगरी, अनुसन्धान तथा अभिलेखीकरण विभागमा उप–प्रमुखको रूपमा रहेका रविकिरण अधिकारीलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिइएको छ । अधिकारी पार्टी नीतिनिर्माणमा अनुसन्धान र तथ्याङ्कको प्रयोगमा जोड दिने धारको अभियन्ताका रूपमा परिचित छन् ।

पार्टीले यी नियुक्तिहरूलाई संगठन सुदृढीकरणतर्फको रणनीतिक कदमको रूपमा लिएको जनाएको छ । विशेष गरी तेस्रो स्थापना दिवसका अवसरमा गरिएका यी निर्णयहरूले पार्टीभित्र आन्तरिक संरचना व्यवस्थापन तथा कार्यक्षमताको पुनर्संरचना गर्न खोजिएको संकेत दिएको छ ।

पार्टी स्रोतका अनुसार अब यी विभागहरूलाई थप सक्रिय बनाउँदै प्रशिक्षणमार्फत क्याडर विकास, प्रचारमार्फत जनसंवाद विस्तार र अनुसन्धानमार्फत नीतिगत तर्क मजबुत पार्ने योजना बनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ८, आईतवार ०५:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP