मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सङ्घीय संसदको बैठक आज: बजेटमाथि प्रारम्भिक छलफलको तयारी

2.1K
SHARES
सङ्घीय संसदको बैठक आज: बजेटमाथि प्रारम्भिक छलफलको तयारी

काठमाडौं । सङ्घीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज बस्दैछ । सरकारले हालै प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट माथि प्रारम्भिक सामान्य छलफल सुरु हुने भएको छ ।

प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्नेछ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्” भन्ने प्रस्ताव पेश गर्नेछन् । बजेट सार्वजनिक भएको दुई दिनमै संसदमा छलफल थालिनु अर्थतन्त्रप्रति चासो र सरोकार बढेको सङ्केतको रूपमा हेरिएको छ ।

निजामती सेवा विधेयकको प्रतिवेदन पेस हुने
आजकै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले “सङ्घीय निजामति सेवा विधेयक, २०८२” सम्बन्धी समितिको प्रतिवेदन संसदमा पेश गर्ने कार्यक्रम रहेको छ । यो विधेयक निजामती सेवामा सुधार, समावेशी प्रतिनिधित्व र संघीय ढाँचाअनुसारको संरचना निर्माणका दृष्टिकोणले महत्वपूर्ण मानिएको छ ।

राष्ट्रियसभा बैठकमा पनि बजेट छलफल प्रारम्भ
त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजेका लागि तय भएको छ । सो बैठकमा पनि अर्थमन्त्री पौडेलले समान प्रस्ताव पेश गरी बजेटमाथि सामान्य छलफल सुरु गर्नेछन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ २१, बुधबार ०५:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP