मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन

1.9K
SHARES
बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन

काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियाको निधन भएको छ । उनको ८० वर्षको उमेरमा मंगलबार बिहान स्थानीय समयअनुसार बिहान ६ः०० बजे निधन भएको हो ।

बीएनपीको मिडिया सेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् खालिदा जियाको निधन भएको पुष्टि गरेको हो । पार्टीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेको छ, ‘बीएनपीकी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको आज बिहान ६ः०० बजे निधन भएको छ ।’

खालिदा जियाका छोरा तारिक रहमान २५ डिसेम्बरमा १७ वर्षपछि लण्डनबाट स्वदेश फर्किएका थिए । उनी ढाका फर्किएको पाँच दिनपछि खालिदाको निधन भएको हो ।

पछिल्ला केही महिनादेखि खालिदा जिया गम्भीर रूपमा बिरामी थिइन् । उनको ढाकास्थित इभरकेयर अस्पतालमा उपचार भइरहेको थियो । चार दशकभन्दा बढी समयसम्म बंगलादेशको राजनीतिमा सक्रिय खालिदाले पतिको हत्यापछि बीएनपीको नेतृत्व सम्हालेकी थिइन् ।

उनका पति जियाउर रहमान सन् १९८१ मा राष्ट्रपति पदमा बहाल रहँदै हत्या भएका थिए । त्यसपछि राजनीतिमा अग्रसर भएकी खालिदा सन् १९९१ मा बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।

उनी पुनः सन् २००१ मा सत्तामा फर्किएकी थिइन् र सन् २००६ सम्म सरकारको नेतृत्व गरेकी थिइन् । पछिल्ला वर्षहरूमा बीएनपीले बंगलादेशमा सम्पन्न तीनवटा आम निर्वाचन बहिष्कार गरेको थियो ।

सन् २०२४ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनाविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनप्रति खालिदा जियाले सार्वजनिक रूपमा समर्थन जनाएकी थिइन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १५, मंगलवार ०५:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP