मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चीनमा सैनिक शुद्धीकरणः नौ जनरल निष्कासनपछि झाङ शेंगमीन उच्चस्तरीय पदमा

2.5K
SHARES
चीनमा सैनिक शुद्धीकरणः नौ जनरल निष्कासनपछि झाङ शेंगमीन उच्चस्तरीय पदमा

बेइजिङ (चीन) । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले हालै सेनाभित्रको ठूलो शुद्धीकरण अभियानपछि नौ जना जनरलहरूलाई निष्कासन गर्दै, भ्रष्टाचार नियन्त्रणमा अनुभवी अधिकारी झाङ शेंगमीनलाई केन्द्रीय सैन्य आयोगको दोस्रो वरीयताका उपाध्यक्षमा पदोन्नति गरेको छ ।

चार दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकपछि गरिएको यो घोषणा अनुसार, झाङ अब राष्ट्रपति शी जिनपिङ र अर्का वरिष्ठ उपाध्यक्ष झाङ यूक्सिया पछि देशको शीर्ष सैन्य निकायमा तेस्रो उच्च अधिकारी बनेका छन् ।

गत हप्ता रक्षा मन्त्रालयले निष्कासित जनरलहरूलाई गंभीर आर्थिक अपराध मा संलग्न रहेको आरोप लगाएको थियो। तर, राजनीतिक विश्लेषकहरूले यस घटनालाई केवल भ्रष्टाचार विरोधी कदम नभई राजनीतिक शुद्धीकरणको रणनीतिका रूपमा पनि हेरेका छन् ।

यो निष्कासन दशकौँयताकै सेनाभित्रको सबैभन्दा ठूलो सार्वजनिक कारबाही हो । केन्द्रीय सैन्य आयोगले पछिल्ला महिनाहरूमा नै “सेनाभित्रको विषाक्त प्रभाव” हटाउने र कडा अनुशासन (आइरन रुल्स) लागू गर्ने घोषणा गरेको थियो ।

यसअघि पूर्व रक्षामन्त्रीहरू वेई फेंगहे र ली शाङ्फु लगायतका वरिष्ठ अधिकारीहरू पनि साना स्तरका कारबाहीमा परेका थिए ।

६७ वर्षीय झाङ शेंगमीन जनमुक्ति सेनाको रकेट फोर्स का वरिष्ठ जनरल हुन् । उनले आयोगभित्रको भ्रष्टाचार विरोधी शाखाका उपसचिवको रूपमा लामो समय काम गरेका थिए । सन् १९७८ मा सेनामा प्रवेश गरेका झाङ चीनको शाआन्सी प्रान्तका स्थायी बासिन्दा हुन् ।

झाङको पदोन्नति चीनको सैन्य नेतृत्वमा शी जिनपिङको पकड अझ कडा बनाउने संकेतका रूपमा व्याख्या गरिएको छ । पार्टीभित्र र सेनाभित्र दुवै क्षेत्रमा अनुशासन र निष्ठा बलियो बनाउने सीसीपीको प्रयास यसपटक थप स्पष्ट भएको देखिन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ७, शुक्रबार ००:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP