मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनआरएनए क्यानडाको अध्यक्षमा जगन सापकोटा विजयी

1.9K
SHARES
एनआरएनए क्यानडाको अध्यक्षमा जगन सापकोटा विजयी

टोरण्टो । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्ष पदमा जगन सापकोटा विजयी भएका छन् । सन् २०२५–२७ कार्यकालका लागि शनिबार सम्पन्न निर्वाचनमा उनले १,५३२ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूमाथि स्पष्ट अग्रता हासिल गरे ।

अध्यक्ष पदमा पाँच जनाको प्रतिस्पर्धा थियो । चन्दा अधिकारीले १,३५७ मत ल्याउँदै दोस्रो स्थान हासिल गरिन् भने किरोज श्रेष्ठले ८४८, विद्या भूषण कार्कीले १,१०८ र सुरज अधिकारीले २८३ मत प्राप्त गरे ।

६,०१५ दर्ता मतदाता मध्ये ५,१७९ जनाले मतदानमा सहभागिता जनाएका थिए ।

अन्य निर्वाचित पदाधिकारीहरू
महासचिवः शर्मिला रानाभाट

उपाध्यक्षः

एटलान्टिक क्षेत्रः हरि बराकोटी

सेन्ट्रल क्षेत्रः प्रतीक भण्डारी

वेस्टर्न क्षेत्रः विशाल थापा

कोषाध्यक्षः इन्दिरा रिजाल

सह–कोषाध्यक्षः जीआर भण्डारी

सचिवः विजय लम्साल

युथ को–अर्डिनेटरः हेमराज काफ्ले

आईसीसी सदस्य तथा अन्य विजयीहरू
आईसीसी सदस्यमा कमल भट्टराई, विशाल घिमिरे, पिता पौडेल, पिताम्बर भट्टराई र दिनेश घिमिरे निर्वाचित भए ।
अन्य निर्वाचित सदस्यहरू यसप्रकार छन्ः

एटलान्टिक क्षेत्रः सुनिल घिमिरे

मिसिसागाः तिलाराम सापकोटा, टीका पहारी

ब्र्याम्पटनः सीता ठाडा राना, सागर गुरुङ, राममाया घिमिरे

महिला प्रतिनिधिः विष्णुमाया क्षेत्री

लण्डन सिटीः विजय तामाङ, शिव डल्लाकोटी

सर्वसम्मत चयन
साधारण सभाबाट दुई पदमा रहेका पाँच पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन भएका छन् ।

वरिष्ठ उपाध्यक्षः सन्तोष दाहाल, प्रजापति सापकोटा, डा. पुण्यसागर मरहट्टा

महिला उपाध्यक्षः समीक्षा कार्की, गीता दवाडी ढकाल

उनीहरूबीचको विवाद मिलाउँदै स्कारब्रोमा सम्पन्न साधारण सभाले पञ्चजनलाई सर्वसम्मत रूपले चयन गरेको हो ।

निर्विरोध विजयी उम्मेदवारहरू
उपाध्यक्ष (संघीय सरकार सम्पर्क): जानकी पण्डित

युवा संयोजक (महिला): स्वीकृति खड्का

क्षेत्रगत निर्विरोध विजयी
सड्बरी (उत्तरी ओन्टारियो): विनोद गुरुङ

नोभा स्कोशिया/पीईआईः मनोजकुमार थापा

क्युबेकः जीवन पन्त

ओटावाः याम गोतामे

नायग्राः भरत कुमार शर्मा

किचनर/वाटरलुः मनोज भण्डारी

म्यानिटोबाः विवेक गौतम

सास्काचेवानः नारायणप्रसाद दहाल

भिक्टोरिया (बि.को.): पारसदीप सुवेदी

सरेः विनोद शर्मा

भ्यानकुभरः गोबिन्द क्षेत्री

एडमण्टन (अल्बर्टा): नरेश पोखरेल

महिला प्रतिनिधि (एडमण्टन): ईश्वरी केसी, सगुन पाण्डे

क्यालगरीः खुमाराज पाण्डे, भिम तिवारी

महिला प्रतिनिधि (क्यालगरी): प्रिन्जिया ढुङ्गेल



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १२, सोमबार ०५:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP