मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इजरायल–इरान युद्धबीच विभिन्न देशले दूतावास हटाउँदै, नागरिक उद्धार तीव्र

2.1K
SHARES
इजरायल–इरान युद्धबीच विभिन्न देशले दूतावास हटाउँदै, नागरिक उद्धार तीव्र

काठमाडौं । इजरायल र इरानबीच सुरु भएको युद्धको प्रत्यक्ष प्रभाव विभिन्न देशमा देखिन थालेको छ। युद्धको जोखिम बढेसँगै थुप्रै मुलुकले तेहरानस्थित आफ्ना दूतावास हटाएका छन् भने दुवै देशमा रहेका आफ्ना नागरिकको सुरक्षित उद्धारमा जुटेका छन् ।

दूतावास हटाउने मुलुकहरूमा चेक गणतन्त्र, अस्ट्रेलिया, स्वीजरल्यान्ड र नेदरल्यान्ड रहेका छन्। यी देशहरूले तेहरानस्थित कूटनीतिक उपस्थितिलाई अस्थायी रूपमा स्थगित गर्दै कर्मचारी तथा नागरिकलाई स्वदेश फर्काएका छन् ।

अस्ट्रेलियाले इरानबाट १५०० र इजरायलबाट १२०० नागरिकको उद्धार गरेको जनाएको छ। इजरायलबाट उद्धार गरिएकाहरूलाई साइप्रस हुँदै स्वदेश फर्काइएको हो ।

चीनले पनि इरानबाट १६०० जनालाई फिर्ता लगाएको छ भने इजरायलबाट सयौँको संख्यामा आफ्ना नागरिकलाई फर्काउने काम गरिरहेको छ । चीनले अजरबैजान, तुर्कमेनिस्तान, टर्की, अर्मेनिया र इराक हुँदै सुरक्षित मार्ग प्रयोग गरेको छ ।

भारतले इरानमा रहेका आफ्ना ११० नागरिकलाई जमिनमार्गबाट अर्मेनिया हुँदै दिल्ली ल्याइसकेको छ। इजरायलमा रहेका ३० हजार भारतीय नागरिकलाई पनि क्रमशः फिर्ता ल्याउने तयारी भइरहेको जनाइएको छ ।

जापानले भने जिबुटी हुँदै आफ्ना नागरिकलाई सुरक्षित उद्धार गर्ने योजना बनाएको छ । जापानका १ हजार नागरिक इजरायलमा र २८० जना इरानमा रहेको जापानी सरकारको अनुमान छ ।

युद्ध सुरु भएलगत्तै पाकिस्तानले पनि इरानमा रहेका करिब तीन हजार आफ्ना नागरिकलाई फिर्ता बोलाइसकेको छ । अहिले पाकिस्तानले गैर–पाकिस्तानीका लागि इरानतर्फको सीमा पूर्ण रूपमा बन्द गरिसकेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ६, शुक्रबार ०४:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP