मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल–चीन सीमा क्षेत्रमा बाढी: उद्धार तीव्र पार्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

195
SHARES
नेपाल–चीन सीमा क्षेत्रमा बाढी: उद्धार तीव्र पार्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

बुधबार बिहान करिब ९ः०० बजे चीनको तिब्बत क्षेत्रमा आएको बाढीले नेपालतर्फ रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण मानवीय तथा भौतिक क्षति भएको घटनापछि राष्ट्रपति सीले बेपत्ता व्यक्तिको खोजीलाई प्राथमिकतामा राख्दै उद्धार तथा राहतका सबै प्रयासलाई तीव्र बनाउन निर्देशन दिएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

राष्ट्रपति सीले प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली परिचालन गरी बेपत्ताको खोजी, घाइतेको उपचार तथा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन जोड दिएका छन् ।

घटनापछि स्थानीय प्रशासन तथा उद्धार टोलीहरू प्रभावित क्षेत्रमा परिचालन भई खोजी, उद्धार र राहत कार्यमा जुटेका छन् । सीमा क्षेत्रमा बाढी र पहिरोका कारण भएको क्षति तथा मानवीय अवस्थाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ ।

नेपालतर्फ भने बाढीले ठूलो मात्रामा भौतिक क्षति पुर्‍याएको छ । बाढीले नदी किनारका बस्ती, सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजना, पक्की पुल र झोलुंगे पुलसमेत बगाएको छ । नदीको बहाव बढेपछि तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १०, बुधबार १०:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP