मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

६ वर्षपछि चीनमा किम जोङ उनः हवाई नभई विलासी बुलेट–प्रुफ रेलमार्ग यात्रा

1.5K
SHARES
६ वर्षपछि चीनमा किम जोङ उनः हवाई नभई विलासी बुलेट–प्रुफ रेलमार्ग यात्रा

काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन करिब ६ वर्षपछि चीन भ्रमणमा निस्किएका छन् । सन् २०१९ पछि उनको यो दोस्रो चीन यात्रा हो । सामान्यतया विदेश भ्रमणमा नजाने नेतामा पर्ने किम बुधबार बेइजिङमा हुने ‘विजय दिवस’ सैन्य परेडमा सहभागी हुँदैछन् ।

यस अवसरमा किमले चिनियाँ राष्ट्रपति सी जिनफिन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितका अन्य विश्व नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ । यसलाई उनको पहिलो बहुपक्षीय अन्तर्राष्ट्रिय सहभागिता मानिएको छ ।

दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार मंगलबार किम आफ्नै विशेष बख्तरबन्द रेलमार्फत चीन प्रवेश गरेका हुन् । रेल ढिलो गतिमा चलाइने भएकाले बेइजिङ पुग्न करिब २४ घण्टा लाग्ने अनुमान छ ।

सन् १९५९ पछि पहिलोपटक कुनै उत्तर कोरियाली नेताले चिनियाँ सैन्य परेडमा उपस्थिति जनाउन लागेको यो ऐतिहासिक क्षण पनि हो ।

किन रेलमै यात्रा ?
किम जोङ उन मात्र होइन, उनका बुबा किम जोङ इल र हजुरबा किम इल–सुङ पनि प्रायः हवाई जहाज चढ्दैनथे । आक्रमण वा दुर्घटनाको डर, साथै अत्यधिक सुरक्षा–केन्द्रित शासन प्रणालीका कारण उनीहरूले रेललाई सुरक्षित विकल्प मानेका हुन् । किम जोङ इललाई त हवाई जहाजको डर (एभियोफोबिया) समेत रहेको भनिन्छ ।

उत्तर कोरियाले यस अभ्यासलाई आफ्ना नेताहरूलाई ‘भूमिबाट जनतासँग नजिक रहने नेता’ को रूपमा चित्रण गर्ने प्रचारका रूपमा पनि प्रयोग गर्छ ।

पाँचतारे रेल: चलायमान महल र सुरक्षा किल्ला
किमले प्रयोग गर्ने हरियो रंगको विशेष रेल केवल यातायातको साधन मात्र होइन, चलायमान विलासी महल र सुरक्षा किल्ला हो ।

भित्री सजावट महोगनी काठका प्यानल, महँगा पर्दा, आकर्षक लाइटिङसहित होटलजस्तै, बैठक कोठामा ठूलो टेबल, छालाका कुर्सी र अत्याधुनिक सञ्चार प्रणालीको सुविधा हुन्छ।

मनोरञ्जन र आरामका लागि फ्ल्याट–स्क्रिन टीभी, मूवी प्लेयर, काराओके, मदिरा–बार, विदेशी पकवानसहितको रेस्टुरेन्टस्तरको भान्सा, राजा–साइजको पलङ र निजी बाथरुम रहेको हुन्छ ।

सुरक्षाको दृष्टिकोणले बुलेट–प्रुफ सिसा, बम–प्रतिकारक डब्बा, तीन तहको रेल काफिला (अगाडि बाटो जाँच्ने, बीचमा नेताको रेल, पछाडि सुरक्षा), सयौं अंगरक्षक, कमाण्डो, गुप्तचर टोली सतर्क रहेका हुन्छन् ।

प्राविधिक सुविधामा उपग्रह फोन, सुरक्षित इन्टरनेट, कमाण्ड कन्ट्रोल प्रणाली, विद्युतीय जेनरेटर, आपतकालीन आपूर्ति र चिकित्सा कोठा हुन्छन् ।

यसरी हेर्दा, किम जोङ उनको रेल यात्रा केवल यात्रामात्र नभई चल्दो–फिरदो महल, उच्च सुरक्षा घेरा र रणनीतिक कमाण्ड सेन्टरको संयोग हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १७, मंगलवार ०५:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP