मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फ्रान्सद्वारा प्यालेस्टाइनलाई मान्यता, अमेरिकाको तीव्र विरोध

1.4K
SHARES
फ्रान्सद्वारा प्यालेस्टाइनलाई मान्यता, अमेरिकाको तीव्र विरोध

काठमाडौं । इजरायली कारबाहीको सामना गरिरहेको प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको हैसियत दिने फ्रान्सको निर्णयप्रति अमेरिकाले कडा आपत्ति जनाएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टाइनलाई पूर्ण राष्ट्रको रूपमा मान्यता दिने तयारीको घोषणा गरेपछि, अमेरिकी विदेशमन्त्री माइक रुबियोले उक्त निर्णय ‘गैरजिम्मेवार’ भएको भन्दै आलोचना गरेका छन् ।

एक्स (पूर्व ट्विटर) मार्फत प्रतिक्रिया जनाउँदै रुबियोले लेखे, ‘म्याक्रोनको प्रस्तावले हमासजस्ता आतंकी समूहको प्रचारप्रसारलाई मलजल गर्छ । यसले क्षेत्रीय अशान्ति थप गहिरो बनाउनेछ र ७ अक्टोबर २०२३ का हमलाबाट पीडित भएका इजरायलीहरूप्रति गम्भीर अपमान हुनेछ ।’

फ्रान्सको निर्णयलाई प्यालेस्टाइनी नेताहरूले स्वागत गरेका छन् भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने यसलाई ‘आतंकवादप्रति फ्रान्सको इनाम’ भन्दै आक्रोश व्यक्त गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ९, शुक्रबार ०५:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP