मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

युद्धपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए इरानी सर्वोच्च नेता खामेनी

2.5K
SHARES
युद्धपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए इरानी सर्वोच्च नेता खामेनी

तेहरान । इजरायलसँगको तनावपूर्ण युद्धपछिको पहिलोपटक इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

शनिबार, सिया मुस्लिम समुदायको अत्यन्तै पवित्र मानिने आशुराको पूर्वसन्ध्यामा खामेनी राजधानी तेहरानस्थित एक मस्जिदमा देखिएका हुन् । सरकारी टेलिभिजनमार्फत प्रसारित भिडियोमा उनी उपस्थित श्रद्धालुलाई अभिवादन गर्दै देखिन्छन् ।

यो सहभागिता विशेष मानिएको छ, किनकि इजरायलसँगको सशस्त्र झडपपछिका दिनमा खामेनी केवल रेकर्ड गरिएको भिडियो सन्देशमार्फत सार्वजनिक भएका थिए ।

गत जुन १३ मा इजरायली हवाई आक्रमणले इरानका उच्चपदस्थ सैन्य कमान्डर र आणविक कार्यक्रमसँग सम्बद्ध वैज्ञानिकहरूलाई लक्षित गरेपछि दुबै देशबीच तनाव चुलिएको थियो । त्यसयता, दुई पक्षबीच सीमित हवाई झडप समेत भएका थिए ।

यो द्वन्द्व १२ दिनपछि युद्धविराम घोषणासँगै रोकिएको हो ।

द्वन्द्वको अवधिमा खामेनी तीनपटक भिडिओ सन्देशमार्फत जनतामा देखिए पनि उनी भौतिक रूपमा सार्वजनिक नभएकाले बंकरमा लुकेका हुन् भन्ने अड्कल व्यापक रूपमा फैलिएको थियो ।

शनिबारको सार्वजनिक उपस्थिति खामेनीको स्वास्थ्य र नियन्त्रण यथावत् रहेको सन्देशका रूपमा हेरिएको छ । (एजेन्सी)



अगुल्टो अगुल्टो   
  • २०८२ असार २२, आईतवार ०५:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP