मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विवाहित महिला र युवकलाई ‘आपत्तिजनक अवस्थामा’ समातिएपछि गाउँमै बिहे

2.6K
SHARES
विवाहित महिला र युवकलाई ‘आपत्तिजनक अवस्थामा’ समातिएपछि गाउँमै बिहे

सहरसा (बिहार) । भारतको बिहार राज्यको सहरसास्थित बैजनाथपुर गाउँमा एउटा अनौठो र चर्चित घटना सार्वजनिक भएको छ । एक विवाहित महिला र १० वर्ष कान्छा युवक ‘सम्बन्धमा लिप्त’ अवस्थामा भेटिएपछि गाउँलेहरूले सार्वजनिक रूपमा उनीहरूलाई विवाह गराएका छन् । उक्त घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

३० वर्षीया आरती कुमारी, बैजनाथपुर वाड नम्बर २२ निवासी राकेश कुमार मेहताकी पत्नी हुन् । करिब १० वर्षअघिको विवाहबाट उनका दुई सन्तान छन्, जसको उमेर क्रमशः ७ र ९ वर्ष छ । उनका पति तिरीस्थित लर्ड बुद्ध मेडिकल कलेज अगाडि चिया पसल चलाउँछन् ।

आरतीको भनाइ अनुसार, करिब ८ दिनअघिदेखि श्रीमानसँग घरेलु विवाद हुँदै आएको थियो । सोही समयदेखि उनको चिनजान सो मेडिकल कलेजको क्यान्टिनमा कार्यरत २० वर्षीय बाबुल मुखर्जी (राँची, झारखण्ड) सँग भएको बताइएको छ ।

‘रंगेहात’ समातिएपछि गाउँको हस्तक्षेप
गाउँमा पहिले देखिनै आरती र एक युवकबीच प्रेम सम्बन्ध रहेको चर्चा चलिरहेको थियो । अन्ततः उनीहरू एकान्त कोठामा भेटिएपछि गाउँलेहरूले उनीहरूलाई समाते । त्यसपछि गाउँलेहरूको रोषले गर्दा कुटपिट पनि भयो ।

त्यसैबेला आरतीका पति राकेश घटनास्थलमा पुगे । पत्नीलाई अर्कासँग त्यस्तो अवस्थामा देख्दा उनी स्तब्ध भए, तर झगडा गर्नुभन्दा उल्टै उनले एक अप्रत्याशित निर्णय लिए— उनले सार्वजनिक रूपमा पत्नीको सिन्दूर पुछे र पञ्चायती उपस्थितिमा पत्नीको युवकसँगै विवाह गरिदिए ।

समाजका अगुवाको साथ
घटनामा समाजका अगुवा र गाउँका बुजुर्गहरू पनि सहभागी थिए । उनीहरूले राकेशको निर्णयलाई विवेकपूर्ण ठहर गर्दै भने, ‘जब सम्बन्धमा माया, भरोसा र सम्मान रहँदैन, त्यस्तो सम्बन्धलाई जबर्जस्ती टिकाइराख्नु मूर्खता हो ।’

आरतीले पनि बाबुलसँग खुला रूपमा बस्न चाहेको बताएकी थिइन् । विवाहपछि उनीहरू गाउँमै केही समय एकैसाथ बसेका थिए भने बाबुलको परिवारलाई पनि जानकारी दिइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २३, सोमबार ०४:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP