मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पोखरामा भेटिए हायु परिवार, भने— “पुरानो ठाउँमा सन्चो भएन, नयाँ बास खोज्दै हिँडेका हौं”

3.1K
SHARES
पोखरामा भेटिए हायु परिवार, भने— “पुरानो ठाउँमा सन्चो भएन, नयाँ बास खोज्दै हिँडेका हौं”

पोखरा । सिन्धुलीको गोलान्जोर गाउँपालिका–६ बागेश्वरका हायु परिवार हाल कास्कीको पोखरा महानगरपालिका–३०, गगनगौँडामा भेटिएका छन् । उनीहरू झण्डै दुई दर्जन सदस्यसहित गत शुक्रबारदेखि हिँडेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलीका अनुसार हायु परिवार गगनगौँडास्थित चन्द्र भण्डारी र सोमनाथ पौडेलका दुई घरमा आश्रय लिइरहेका थिए । उनीहरू सोमबार दिउँसो बासको खोजीमा ती घरमा पुगेका थिए ।

प्रहरीका अनुसार परिवारका सदस्यहरूले आफूहरू ज्यामी काम गर्ने मजदुर भएको बताउँदै केही दिनका लागि बास मागेका थिए । भण्डारीको घरमा ४ जना र पौडेलको घरमा १२ जना बसेका थिए । त्यसअघि उनीहरू शनिबार पोखरा आइपुगेपछि एक रात स्थानीय होटलमा बसेको समेत खुलेको छ ।

उनीहरूले पहिलेको बासस्थानमा सन्तोषजनक जीवन सम्भव नभएको जनाउँदै नयाँ ठाउँको खोजीमा हिँडेको बताएका छन् ।

“त्यो ठाउँ टाढा र एकान्त थियो, बिरामी परे हस्पिटल जान २४ घण्टा लाग्थ्यो । चामल ल्याउन पनि दिनभर लाग्थ्यो । आफन्त कोही छैन, छोराछोरी पनि बिरामी परिरहन्थे,” एक प्रहरीका अनुसार उनीहरूले भने, “त्यही भएर जे पर्ला पर्ला भनेर हिँड्यौं ।”

प्रहरीले उनीहरूलाई घर फर्कन आग्रह गरे पनि उनीहरूले अस्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीसँग समन्वय गरेर उनीहरूलाई फर्काउने प्रयास भइरहेको एसपी ओलियाले जानकारी दिए ।

परिवार प्रमुख ५२ वर्षीया उर्मिला हायु नेतृत्वमा हिँडेको सो परिवारमा उनका छोराछोरी र नातिनातिहरू गरी १६ जना छन् । तीमध्ये २७ वर्षीया छोरी कमला, २२ वर्षीया उषा, १८ वर्षीया अस्मिता, १२ वर्षीया शान्ता, १० वर्षीया ओमकुमारी, ४ वर्षी नातिनी रियासा र १ वर्षका नाती अर्जुन छन् ।

त्यस्तै, २९ वर्षीय छोरा राजु, २४ वर्षीय हिमाल, १६ वर्षीय लालबहादुर, १४ वर्षीय बेगबहादुर, १२ वर्षीय सुवर्ण, ११ वर्षीय लक्की र बुहारी २३ वर्षीया कोमल माया हायु पनि परिवारमा छन् ।

हाल उनीहरूलाई सुरक्षित रूपमा राखिएको छ भने प्रशासनले परामर्शपछि उचित व्यवस्थापन गर्ने तयारी गरिरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १३, मंगलवार ०५:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP