मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उत्तर प्रदेशमा युवतीको आत्महत्याः हात र खुट्टामै लेखिन् अन्तिम शब्द

2K
SHARES
उत्तर प्रदेशमा युवतीको आत्महत्याः हात र खुट्टामै लेखिन् अन्तिम शब्द

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बागपत जिल्लामा एक २८ वर्षीया युवतीले घरेलु हिंसाका आरोप लगाउँदै आत्महत्या गरेकी छन् । मनीषा नामकी ती महिलाले हात र खुट्टामा सुसाइड नोट लेखेर विष सेवन गरेकी हुन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार, गाजियाबादको सिद्धिपुर निवासी कुन्दनसँग सन् २०२३ मा विवाह गरेकी मनीषा केही समययता माइतीघरमा बसिरहेकी थिइन् । उनका अनुसार, विवाहपछि मात्र पाँच महिनामै सासू–ससुरा र श्रीमान्ले दाइजोको नाममा दुर्व्यवहार गर्न थालेका थिए ।

दवाव र हिंसाका कारण सन् २०२४ मा उनका बुबा तेजवीर सिंहले छोरीलाई माइती ल्याएका थिए । त्यसयता उनी राठोडा गाउँस्थित आफ्नै घरमा बस्दै आएकी थिइन् । मनीषाका भाइ विवेकले हालै मात्र सम्बन्धविच्छेदको प्रयास भइरहेको जनाए । उनका अनुसार, केही दिनअघि २०—२५ जना व्यक्तिहरू आएर सम्बन्ध विच्छेदका कागजातमा हस्ताक्षर गर्न दबाब दिएका थिए । तर मनीषाले दाइजोको रकम फिर्ता नभएसम्म हस्ताक्षर गर्न मानेकी थिइनन् ।

भाइ विवेकका अनुसार, बहिनी लामो समयदेखि मानसिक तनावमा थिइन् । मंगलबार राति सबैजना सुतेपछि उनले विष खाएर आत्महत्या गरेकी हुन् । बिहान उनी मृत अवस्थामा ओछ्यानमै फेला परेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।

घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान गर्दा मनीषाको हात र खुट्टामा लेखिएको सुसाइड नोट फेला परेको जनाइएको छ । नोटमा उनले श्रीमान्, सासू, ससुरा र देवरबाट आफूले निरन्तर कुटपिट र मानसिक यातना खेपेको उल्लेख गरेकी थिइन् । साथै, आफूलाई मार्ने धम्कीसमेत दिइएको उनको आरोप थियो ।

बागपतका एएसपी एनपी सिंहका अनुसार प्रारम्भिक अनुसन्धानले घरपरिवारसँग मनीषाको सम्बन्धमा निरन्तर विवाद र तनाव रहँदै आएको देखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १, बिहीबार ०५:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP