मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाली बजारमा सुन–चाँदीको भाउमा ठूलो गिरावट

2.3K
SHARES
नेपाली बजारमा सुन–चाँदीको भाउमा ठूलो गिरावट

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य उल्लेखनीय रूपमा घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला सात हजार नौ सय रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार घटेर दुई लाख ६२ हजार एक सय रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार पनि सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले घटेको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि ओरालो लागेको छ । सोमबार प्रतितोला चार हजार आठ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर चार हजार पाँच सय ९० रुपैयाँमा पुगेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय पाँच रुपैयाँले घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा भने मंगलबार सुन प्रतिऔंस चार हजार तीन सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १५, मंगलवार ०५:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP