मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पेट्रोलियम पदार्थको मूल्य वृद्धि: नेपाल आयल निगमको नयाँ मूल्य सूची सार्वजनिक

2.5K
SHARES
पेट्रोलियम पदार्थको मूल्य वृद्धि: नेपाल आयल निगमको नयाँ मूल्य सूची सार्वजनिक

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै पेट्रोल र डिजेल दुबैको मूल्यमा थोरै वृद्धि गरेको छ । निगमका अनुसार भारतीय बजारमा मूल्यमा उच्च वृद्धि आए पनि उपभोक्तामाथि अतिरिक्त भार नपरोस् भन्ने उद्देश्यले न्यूनतम दरमा मात्र समायोजन गरिएको हो ।

निगमले जारी गरेको सूचनामा पेट्रोलको मूल्य २ रुपैयाँले र डिजेलको मूल्य ३ रुपैयाँले वृद्धि गरिएको उल्लेख छ । भारतबाट आयात गर्ने पेट्रोलियम पदार्थको मूल्य हालै उल्लेखनीय रूपमा बढे पनि उपभोक्तालाई राहत दिन भन्दै निगमले सीमित दरमै मूल्य परिवर्तन गरेको जनाएको छ ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजार मूल्य र विनिमयदरमा आएको उतार–चढावका कारण मूल्य समायोजन अपरिहार्य भएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ३०, आईतवार ००:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP