मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सागर डिष्टिलरीको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

2.6K
SHARES
सागर डिष्टिलरीको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले बुधबारदेखि साधारण शेयर (आईपीओ) बिक्री प्रक्रिया सुरु गरेको छ । यो आईपीओ विशेष रूपमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि लक्षित गरिएको हो ।

कम्पनीले ७२ करोड ६० लाख रुपैयाँको जारी पूँजीमध्ये २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता शेयर जारी गर्न लागेको हो ।

यसको १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँबराबरको १ लाख ४५ हजार २०० कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ ।

आवेदन भदौ १ गतेसम्म दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २८, बुधबार ०५:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP