मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अमेरिकी प्रतिबन्धका बाबजुद ५ नानोमिटरको चिप उत्पादन गर्दै चीन

2.6K
SHARES
अमेरिकी प्रतिबन्धका बाबजुद ५ नानोमिटरको चिप उत्पादन गर्दै चीन

चिनियाँ कम्पनीहरुले यसै वर्षभित्र नयाँ जेनेरेसनको स्मार्टफोन प्रोसेसर बनाउने तयारी थालेका छन् । अमेरिकाले अत्याधुनिक प्रविधिमा चीनको पहुँच रोक्ने प्रयास गरिरहे पनि चीनले सो सफलता हात पार्ने देखिएको हो ।

चीनको सबैभन्दा ठूलो चिप निर्माता एसएमआईसीले सांघाइमा नयाँ सेमिकन्डक्टर कारखाना खोलेको छ। जसले ह्वावेले डिजाइन गरेको चिप उत्पादन गर्ने बताइएको छ । बेइजिङ चिप निर्माणमा आत्मनिर्भर हुने कोसिस गरिरहेको छ। अमेरिकाले गत अक्टोबरदेखि नै चिप बनाउन अत्यावश्यक प्रविधि चीनमा निर्यात गर्न प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले चीनलाई नयाँ उपकरण हात पार्न नदिन जापान र नेदरल्यान्ड्ससँग समेत सहकार्य गरिरहेको छ । एसएमआईसीले यसअघि नै किनिसिकेको अमेरिकी र डच उपकरणको सहायताले ५ नानोमिटरको चिप बनाउने तयारी गरेको छ। यसलाई ह्वावेको नयाँ प्रिमियम स्मार्टफोनहरुमा प्रयोग गरिनेछ ।

अहिले सबैभन्दा आधुनिक चिप ३ नानोमिटरको हो । ५ नानोमिटर यो भन्दा एक जेनरेसन पछाडि छ। तथापि, ५ नानोमिटर चिपको निर्माणले पनि अमेरिकी प्रतिबन्धका बाबजुद चीनले ठूलो प्रगति गरिरहेको पुष्टि हुनेछ । गत अगस्टमा ७ नानोमिटर चिप प्रयोग गरिएको मेट ६० प्रो स्मार्टफोन बजारमा ल्याएर ह्वावेले यो उद्योग र यसका विश्लेषकहरुलाई चकित तुल्याएको थियो । एजेन्सी



अगुल्टो समाचारदाता   
  • २०८० माघ २३, मंगलवार ०८:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP