मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एक सातापछि जीवित फेला परेका शेर्पाको स्वास्थ्यमा सुधार

247
SHARES
एक सातापछि जीवित फेला परेका शेर्पाको स्वास्थ्यमा सुधार

काठमाडौं । सगरमाथा आधार शिविर क्षेत्रमा बेपत्ता भएर एक सातापछि जीवितै उद्धार गरिएका पर्वतारोहण गाइड दावा शेर्पाको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ ।

उपचाररत ह्याम्स अस्पतालले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार ५७ वर्षीय शेर्पालाई अस्पताल ल्याउँदा गम्भीर डिहाइड्रेसन (शरीरमा पानीको कमी), दुवै हातका कान्छी औँलामा दोस्रो चरणको शीतदंश (फ्रोस्टबाइट), दाहिने हातको बुढी औँला र बीचको औँलामा पहिलो चरणको शीतदंश देखिएको थियो । साथै, उनको दाहिने खुट्टाको घुँडानजिकको फेमोरल कन्डायल हड्डी भाँचिएको र तिघ्रामा रक्तस्रावका कारण हेमाटोमा बनेको अस्पतालले जनाएको छ ।

हाल शेर्पाको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ । उनको उपचारमा फ्रोस्टबाइट नियन्त्रणका लागि इन्ट्राभेनस इलोप्रोस्ट थेरापी, अक्सिजन, सलाइन तथा अन्य आवश्यक सहयोगात्मक उपचार समावेश गरिएको छ ।

अस्पतालका अनुसार शेर्पाको स्वास्थ्य अवस्था स्थिर रहेको छ भने डिहाइड्रेसनमा उल्लेखनीय सुधार देखिएको छ । विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको टोलीले उनको निरन्तर निगरानी गरिरहेको छ ।

ह्याम्स अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले शेर्पालाई थप केही दिन आईसीयूमा राखेर उपचार तथा निगरानी गरिने जानकारी दिएका छन् ।

अस्पतालले आवश्यकताअनुसार शेर्पाको स्वास्थ्य अवस्थाबारे थप जानकारी सार्वजनिक गर्दै जाने जनाएको छ ।

शेर्पा ओखलढुंगास्थिति खिजीदेम्बा गाउँपालिका वडा नं. ६ का स्थायी बासिन्दा हुन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २२, शुक्रबार ०९:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP