मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समस्याग्रस्त सहकारीका सञ्चालकको लुकाइएको सम्पत्ति खोज्दै समिति, सूचना दिन सर्वसाधारणलाई आह्वान

286
SHARES
समस्याग्रस्त सहकारीका सञ्चालकको लुकाइएको सम्पत्ति खोज्दै समिति, सूचना दिन सर्वसाधारणलाई आह्वान

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्यामा परेका २३ वटा सहकारी संस्थाका सञ्चालकहरूले लुकाएको हुन सक्ने सम्पत्तिबारे जानकारी उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ ।

समितिले ती सहकारीका सञ्चालकहरूको नामसहितको विवरण सार्वजनिक गर्दै उनीहरूले परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति तथा रकम लुकाएको जानकारी भए सम्बन्धित निकायमा सूचना दिन अनुरोध गरेको हो ।

समितिद्वारा जारी सूचनामा सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी अन्य व्यक्तिको नाममा सम्पत्ति राखिएको वा रकम सारिएको जानकारी भए कार्यालयमा जानकारी गराउन भनिएको छ ।

यससँगै समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरूलाई सहकारीको दायित्व व्यवस्थापन, ऋण असुली, सम्पत्ति तथा स्रोत–साधनको पहिचान र व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

समितिले बचतकर्ताको रकम फिर्ता, दायित्व फर्छ्योट तथा नियमनसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन सञ्चालकहरू नियमित सम्पर्कमा रही आवश्यक सहयोग गर्नुपर्ने जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २०, बुधबार ०६:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP