मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

थापाथलीमा बागमती किनारको अवैध बस्ती हटाइयो, ६ परिवार रङ्गशालामा सारिए

26
SHARES
थापाथलीमा बागमती किनारको अवैध बस्ती हटाइयो, ६ परिवार रङ्गशालामा सारिए

काठमाडौं । काठमाडौंको थापाथली क्षेत्रमा बागमती नदी किनारमा बसोबास गर्दै आएका अव्यवस्थित बस्तीलाई प्रशासनले हटाएको छ । नदी किनार अतिक्रमण हटाउने अभियानअन्तर्गत उक्त बस्ती खाली गराइएको हो ।

बस्ती हटाउने क्रममा घरबार गुमाएको बताएका ६ परिवारका सदस्यलाई अस्थायी रूपमा दशरथ रङ्गशालामा स्थानान्तरण गरिएको छ ।

महानगर प्रहरी बल र नेपाल प्रहरीले टहरा हटाउनुअघि स्वेच्छाले सर्ने इच्छा व्यक्त गरेका परिवारलाई गन्तव्यसम्म पुग्न सवारी साधनसहित आवश्यक मानवीय र व्यवस्थापकीय सहयोग उपलब्ध गराएका थिए ।

प्रशासनका अनुसार नदी किनार क्षेत्रलाई अतिक्रमणमुक्त बनाउने अभियानलाई निरन्तरता दिइनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख १२, शनिबार ०७:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP