मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समानुपातिक मतगणनाः रास्वपाले कटायो ४० लाख, कांग्रेस र एमालेको कति?

507
SHARES
समानुपातिक मतगणनाः रास्वपाले कटायो ४० लाख, कांग्रेस र एमालेको कति?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा समानुपातिकतर्फको मतगणना पनि तीव्र गतिमा अघि बढिरहेको छ ।

निर्वाचन आयोगका अनुसार सोमबार बिहान साढे बजेसम्म समानुपातिकतर्फ ८३ लाख ८६ हजार ७७२ मत गणना भइसकेको छ ।

पछिल्लो विवरणअनुसार प्रत्यक्षतर्फ १२४ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा० समानुपातिकतर्फ पनि स्पष्ट अग्रतामा देखिएको छ। रास्वपाले हालसम्म ४० लाख ५१ हजार ८३४ मत प्राप्त गरेको छ ।

प्रत्यक्षतर्फ १७ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ १३ लाख ६२ हजार ५५१ मत पाएको छ भने प्रत्यक्षमा ८ सिट जितेको नेकपा (एमाले) ले ११ लाख ५१ हजार ९८७ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

२०७९ सालको निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएको एमाले यसपटक भने तेस्रो स्थानमा देखिएको छ, जबकि रास्वपा त्यसबेला चौथो स्थानमा थियो ।

निर्वाचन आयोगका अनुसार नेकपाले हालसम्म ५ लाख ९२ हजार ६१५ मत प्राप्त गरेको छ।

त्यसैगरी हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीले २ लाख ९२ हजार ०९४ मत पाएको छ भने राजावादी धारको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ लाख ७७ हजार ०८६ मत प्राप्त गरेको छ ।

यता मधेसवादी दलहरू भने यसपटक समानुपातिकतर्फको थ्रेसहोल्ड पार गर्ने अवस्थामा देखिएका छैनन् । जनता समाजवादी पार्टी (जसपा) ले हालसम्म १ लाख २५ हजार ८४४ मत मात्रै पाएको छ भने राष्ट्रिय परिवर्तन पार्टीले १ लाख १९ हजार ५३६ मत प्राप्त गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २५, सोमबार ०५:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP