मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आज पनि रास्वपा र राप्रपाले गरे संसद अवरोध

3.1K
SHARES
आज पनि रास्वपा र राप्रपाले गरे संसद अवरोध

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठक पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निरन्तर अवरोध गरे । दुवै दलले संसद्‍मा अवरोध गर्दै आएको आज ५८ दिन पुगेको हो ।

बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरू उठेका थिए । सभामुखले बोलेको अनुमति दिएपछि रास्वपाकी सांसद बिन्दबासिनी कंसाकारले भिजिट भिसाको नाममा नेपाली नागरिकहरू बेचबिखन भइरहेको गम्भीर आरोप लगाइन् ।

उनका अनुसार मानव तस्करीमा संलग्न गिरोहहरू सरकारको संरक्षणमा खुलेआम सक्रिय छन्, तर सरकार भने निष्क्रिय छ । उनले भनिन्, ‘तस्करहरू सेटिङ मिलाएर काम गरिरहेका छन्, तर राज्य गम्भीर देखिँदैन ।’

सांसद कंसाकारले हालै राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको विषयलाई उल्लेख गर्दै, ७८ लाख रुपैयाँ घुस डिलपछि उनी पदबाट हटेका तर ३२ लाख घुस प्रकरणमा मुछिएका भूमि व्यवस्था मन्त्री बलराम अधिकारी अझै पदमा यथावत् रहेको विषयमा प्रश्न उठाइन् ।

त्यसैगरी, राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले राज्य संयन्त्रमा व्यापक रूपमा फैलिएको भ्रष्टाचारको उल्लेख गरे । उनले भ्रष्टाचार नियन्त्रण गर्न राजनीतिक नेतृत्व नै छानबिनको दायरामा आउनुपर्ने माग राखे ।

लिङ्देनले विदेशी रोजगारमा कोरिया जाने श्रमिकहरूको उडानसम्बन्धी ‘गोलबन्दी’ व्यवस्था गरेर असुली गर्ने समूहहरूको पनि पर्दाफास गरे । संसद्‌मा पटक–पटक उठाइएका यस्ता विषयहरूलाई सरकारले बेवास्ता गरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

‘सरकार कानमा तेल हालेर बसेको छ,’ लिङ्देनले भने, ‘अब सडकबाटै दबाब सिर्जना गर्नुपर्ने अवस्थामा पुग्न लागिएको छ ।’

आफ्ना धारणा राखिसकेपछि रास्वपा र राप्रपाका सांसदहरू बैठक बहिष्कार गर्दै सभाकक्षबाट बाहिरिएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ७, बुधबार ०८:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP