मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दुर्गा प्रसाईं हाजिर जमानीमा छुटे, अनुसन्धान भने जारी

1.2K
SHARES
दुर्गा प्रसाईं हाजिर जमानीमा छुटे, अनुसन्धान भने जारी

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको छ । माघ ५ गते पोखराबाट पक्राउ गरी काठमाडौं ल्याइएका प्रसाईंलाई अनुसन्धानको प्रक्रियामा सहकार्य गर्ने सर्तमा छाडिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरी काफ्लेले प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जानकारी दिएका छन् । उनका अनुसार अनुसन्धान भने निरन्तर जारी रहनेछ ।

प्रहरीले प्रसाईंसँग सार्वजनिक शान्ति विरुद्धको कसुरमा बयान लिएको जनाएको छ ।

यसअघि प्रसाईंले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको दाबी सार्वजनिक रूपमा गरेका थिए । सो अभिव्यक्तिपछि निर्वाचन आयोगले घटनाबारे अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ६, मंगलवार १०:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP