मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बालेनको जनकपुरबाट चुनावी सन्देश: ‘मधेसको छोरो प्रधानमन्त्री बन्नेछ’

1.3K
SHARES
बालेनको जनकपुरबाट चुनावी सन्देश: ‘मधेसको छोरो प्रधानमन्त्री बन्नेछ’

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साह (बालेन) ले मधेसबाट देशको नेतृत्व परिवर्तनको संकेत गर्दै ‘मधेसको छोरो प्रधानमन्त्री बन्ने’ दाबी गरेका छन् । सोमबार जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा रास्वपालाई मत दिन आग्रह गरे ।

पहिलो पटक औपचारिक चुनावी सभालाई सम्बोधन गरेका साहले मैथिली भाषामै मत माग्दै जनकपुरका मतदातासँग आत्मीय संवाद गरे । उनले “मधेसी छौरा पीएम बन्ने वाला है,” भन्दै मधेसको आवाज अब केन्द्रमा पुग्नुपर्ने समय आएको उल्लेख गरे ।

रास्वपाले साहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको सन्दर्भ उल्लेख गर्दै उनले पार्टीलाई मत दिए मात्र राजनीतिक परिवर्तन सम्भव हुने दाबी गरे । परम्परागत दलले वर्षौंदेखि जनतामा निराशा थपेको आरोप लगाउँदै साहले नयाँ राजनीतिक संस्कृतिको खाँचो औँल्याए ।

काठमाडौँ महानगरपालिकाको मेयर भएर चार वर्ष काम गरेको अनुभव सुनाउँदै साहले काम गर्दा भाषण गर्नभन्दा परिणाम दिनमा केन्द्रित भएको बताए । “काम गर्दा मञ्चमा उभिएर बोल्ने फुर्सद भएन,” उनले भने, “तर नतिजा बोल्छ भन्ने विश्वासका साथ काम गरियो ।”

सभामा उनले विकास, सुशासन र जवाफदेहितालाई आफ्नो मुख्य एजेन्डा भएको उल्लेख गरे । मधेसका समस्या कागजमा सीमित नराखी व्यवहारमै समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै साहले मतदातालाई ‘परिवर्तनको मत’ दिन आह्वान गरे ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ५, सोमबार ११:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP