मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चुनाव लड्न सञ्चारमन्त्री जगदीश खरेलले दिए राजीनामा

1.5K
SHARES
चुनाव लड्न सञ्चारमन्त्री जगदीश खरेलले दिए राजीनामा

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले मन्त्री पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यका रूपमा उम्मेदवार बन्ने निश्चित भएपछि उनले सरकार छाडेका हुन् ।

खरेलले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएका छन् । रास्वपाले उनलाई ललितपुर–२ निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउने तयारी गरेको पार्टी स्रोतले जनाएको छ ।

आगामी निर्वाचनलाई केन्द्रमा राख्दै मन्त्रिपरिषद्‌बाट राजीनामा दिने क्रम बढिरहेको छ । प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्‌मा पछिल्ला दिनहरूमा देखिएको राजीनामाको श्रृङ्खलाले आगामी निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि थप तातेको संकेत गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ५, सोमबार १२:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP