मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कुलिङ पिरियड हेरफेरमा शंका: सभापति खतिवडाको राजीनामाको माग उठ्ने तयारी

2.3K
SHARES
कुलिङ पिरियड हेरफेरमा शंका: सभापति खतिवडाको राजीनामाको माग उठ्ने तयारी

काठमाडौं । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ (सेवाबाट अवकाश लिएपछि पुनः नियुक्तिका लागि आवश्यक समयावधि) हटाउने प्रावधान ‘किर्ते’ रूपमा समावेश गरिएको भन्दै समितिभित्रै आक्रोश बढेको छ । यस विषयमा समिति सभापति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने माग उठ्न थालेको छ ।

सांसदहरूका अनुसार विधेयकको मस्यौदामा यस्तो गम्भीर फेरबदल सभापतिको संलग्नता वा सहमति बिना हुन नसक्ने बताइएको छ । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले यो विषयलाई गम्भीर प्रशासनिक लापरबाहीको संज्ञा दिँदै सभापतिको जिम्मेवारी अपरिहार्य रहेको बताए ।

‘कुलिङ पिरियड हटाएर कसरी विधेयकमा नयाँ व्यवस्था घुसाइयो भन्ने कुराको छानबिन हुनुपर्छ,’ पाण्डेले भने, ‘सभापति स्वयंले जिम्मेवारी लिएर पदत्याग गर्नुपर्छ ।’

एमाले सांसद पदम गिरीले पनि सभापतिको संलग्नता हुन सक्ने भन्दै गम्भीर छानबिनको माग गरेका छन् । ‘सिर्फ कर्मचारीको गल्ती भनेर पन्छिन मिल्दैन, सभापतिको भूमिका पनि शंकास्पद देखिन्छ,’ गिरीले भने, ‘त्यसैले उहाँको राजीनामा जरुरी देखिन्छ ।’

यसैबीच, सभापति खतिवडा सोमबार बिहान सभामुख देवराज घिमिरेको कार्यकक्षमा पुगेर छलफल गरेका छन् । सभामुखसँगको भेटपछि उनी राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुन सिंहदरबार गएका थिए ।

सिंहदरबारमा बिहान ८ बजेका लागि तय गरिएको बैठक ‘कुलिङ पिरियड’को विवाद सतहमा आएपछि अवरुद्ध भएको छ । बैठकमा उपस्थित सांसदहरूले यो विषय टुंगो नलागेसम्म बैठक नचलाउने अडान लिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १७, मंगलवार ०५:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP