मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तोकेको मितिमा नै निर्वाचन हुन्छ : घिसिङ

2.6K
SHARES
तोकेको मितिमा नै निर्वाचन हुन्छ : घिसिङ

मन्थली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले प्रतिनिधिसभाको निर्वाचन सरकारले तोकेको मितिमै सम्पन्न हुने स्पष्ट पारेका छन् । उनले निर्वाचनका लागि आवश्यक सबै तयारी प्रक्रिया अघि बढिसकेको पनि बताएका छन् ।

रामेछापको मन्थलीमा आयोजित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला तथा कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री घिसिङले उज्यालो नेपाल अभियान छोटो समयमै राजनीतिक दलको रूपमा स्थापित हुँदै देशभर फैलिएको दाबी गरे । एक महिना अघि मात्रै सुरु भएको अभियानले आम जनतामा आशा र भरोसा जगाएको उनको भनाइ थियो ।

उनले लामो समयदेखि सत्तामा रहँदै आएका पुराना दलहरूलाई चुनौती दिँदै बहुमतसहित सरकार गठन गर्ने साहस उज्यालो नेपाल पार्टीले देखाएको उल्लेख गरे । “७०–८० वर्ष पुराना पार्टीहरूलाई परास्त गर्ने आँट यही पार्टीमा छ,” घिसिङले भने ।

जेन–जी आन्दोलनपछि बनेको सरकारमा आफू सहभागी भएपछि अघिल्ला मन्त्रीहरूको कार्यशैलीभन्दा फरक ढंगले काम गरेको दाबी गर्दै उनले परिणाममुखी र जनउत्तरदायी शासनमा जोड दिएको बताए ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ७, सोमबार १२:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP