मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जनज्योति आधारभूत विद्यालयले शिक्षिका मगरलाई गर्‍यो सम्मानसहित विदाइ

1.2K
SHARES
जनज्योति आधारभूत विद्यालयले शिक्षिका मगरलाई गर्‍यो सम्मानसहित विदाइ

खिजीदेम्बा । ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकास्थित श्री जनज्योति आधारभूत विद्यालयले विद्यालयमा कार्यरत शिक्षिका पवित्रा माया मगरलाई सम्मानसहित विदाइ गरेको छ । सरुवा भई अर्को विद्यालयमा जाने क्रममा विद्यालयले एक कार्यक्रम आयोजना गरी उनलाई विदाइ गरेको हो ।

शिक्षिका मगर २०८० चैत २५ देखि उक्त विद्यालयमा कार्यरत रहँदै २०८० चैत २६ मा हाजिर भएकी थिइन् । उनले २०८२ पुस २७ सम्म निरन्तर रूपमा अध्यापन सेवा प्रदान गरेकी थिइन् । शिक्षण अवधिमा उनले विद्यार्थीको शैक्षिक उन्नयनसँगै विद्यालयको समग्र शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान दिएको विद्यालयले जनाएको छ ।

समान तह तथा दरबन्दीमा सरुवा भई ओखलढुंगाकै मानेभञ्ज्याङ गाउँपालिकास्थित श्री मनोरचना आधारभूत विद्यालयमा जाने क्रममा विद्यालय परिवारले उनको योगदानको कदर गर्दै सम्मान व्यक्त गरेको हो । कार्यक्रममा विद्यालय प्रशासनले शिक्षिका मगरको सेवाप्रति धन्यवाद दिँदै आगामी कार्यकालका लागि सफलताको शुभकामना व्यक्त गर्‍यो ।

विदाइ कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो । शिक्षिका मगरको सरल स्वभाव, अनुशासित अध्यापन शैली र विद्यार्थीप्रतिको समर्पणको विद्यार्थी तथा शिक्षकले खुलेर प्रशंसा गरेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ३०, बुधबार १०:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP