मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुनचाँदीको भाउ ओरालो, सुन तोलामा १ हजार १०० रुपैयाँ घट्यो

1.8K
SHARES
सुनचाँदीको भाउ ओरालो, सुन तोलामा १ हजार १०० रुपैयाँ घट्यो

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य पुनः घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको हो । यसअघि मंगलबार पनि सुनको मूल्यमा उल्लेख्य गिरावट देखिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० रुपैयाँ थियो भने सोमबार २ लाख ७० हजार रुपैयाँ कायम थियो । यस्तै, आइतबार सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य मानिन्छ । त्यसपछि सुनको भाउ क्रमशः घट्दो क्रममा आएको हो ।

बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा ४ हजार ९५० रुपैयाँ पुगेको चाँदी बुधबार घटेर ४ हजार ४७० रुपैयाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परिरहेकाले सुनचाँदीको मूल्य दैनिक रूपमा फेरबदल हुँदै आएको महासंघले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १६, बुधबार ०५:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP