मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सर्लाहीमा एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद, चालक पक्राउ

1.4K
SHARES
सर्लाहीमा एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद, चालक पक्राउ

सर्लाही । सर्लाहीमा एम्बुलेन्समार्फत गाँजा ढुवानी भइरहेको अवस्थामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट ५१ किलो गाँजा लोड गरिएको एम्बुलेन्स आइतबार बिहान नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा दर्ता भएको ज १ च १५५८ नम्बरको एम्बुलेन्स गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवनको टोलीले रोकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । एम्बुलेन्स चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई समेत घटनास्थलमै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यता, लालबन्दी नगरपालिका–११ हिरापुरबाट पनि प्रहरीले ५२ किलो गाँजासहित एक युवालाई पक्राउ गरेको छ । सोही नगरपालिका–१४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २१, आईतवार ०५:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP