मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले महाधिवेशन प्रतिनिधि छनोट विवाद: समाधानको जिम्मा प्रदेशमै

1.4K
SHARES
एमाले महाधिवेशन प्रतिनिधि छनोट विवाद: समाधानको जिम्मा प्रदेशमै

काठमान्डु । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि चयन गर्ने क्रममा देखिएका विवादहरू समाधान गर्न प्रदेश कमिटीहरूलाई जिम्मेवारी दिएको छ । संगठन विभागका सचिव माधव ढुङ्गेलका अनुसार विवाद देखिएका क्षेत्रमा प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज तथा संगठन विभागले खटाएका प्रतिनिधिले समन्वय गरेर अन्तर्विरोध मिलाउने काम गरिरहेका छन् ।

ढुङ्गेलले बताएअनुसार केही स्थानका विवादहरू समाधान भइसकेका छन् भने बाँकी ठाउँहरू आज बेलुकासम्म मिल्ने अपेक्षा छ । उनका अनुसार सुदूरपश्चिमको बझाङमा दोहोरो प्रतिनिधि चयनको समस्या थियो भने कर्णालीका दैलेख र सल्यानमा पनि केही प्राविधिक तथा प्रक्रियागत समस्या देखिएका थिए । कर्णाली प्रदेशको विवाद समाधान भइसकेको ढुङ्गेलले जानकारी दिए ।

मधेसको पर्सा र रौतहट तथा गण्डकीको तनहुँ क्षेत्र नं १ मा पनि मतभेद देखिएको भए पनि समाधान प्रक्रिया जारी रहेको छ । कोसी प्रदेशमा ओखलढुङ्गा र धनकुटालाई केन्द्रमा राखेर समाधानका प्रयासहरू भइरहेको सचिव ढुङ्गेलले बताए ।

एमालेले मंसिर १३ गतेसम्म देशभर प्रतिनिधि छनोट गरी मंसिर १५ भित्र केन्द्रमा नाम पठाउन निर्देशन दिएको थियो । तर तोकिएको समयभित्र सबै प्रदेशबाट नाम केन्द्रमा आइपुगेका छैनन् ।

‘छनोट भएका प्रतिनिधिहरूको नाम प्रदेशमै कलेक्सन भइरहेको छ,’ ढुङ्गेलले भने, ‘प्रदेशहरूले सबै विवरण संकलन गरेपछि बुधबारभित्र केन्द्रमा पठाइनेछ ।’

उनका अनुसार सात भूगोलसहित ९ प्रदेशका कार्यालयमा प्रतिनिधिको नाम संकलन, डाटा मिलान र सेटअप तयार गर्ने काम भइरहेको छ । स्थानीय तहको निर्णय अनुसार प्रदेश कार्यालयले सूचीकृत विवरण तयार पारेपछि मात्र केन्द्रमा नाम पठाइनेछ ।

एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुँदैछ । यस महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल समूहबीच प्रतिस्पर्धा हुने संकेत मिलिरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १६, मंगलवार ०६:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP