मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बुसानमा ट्रम्प–सी भेट सकियो, अनुमानभन्दा छोटो बैठकमा व्यापार प्रमुख एजेन्डा

1.3K
SHARES
बुसानमा ट्रम्प–सी भेट सकियो, अनुमानभन्दा छोटो बैठकमा व्यापार प्रमुख एजेन्डा

बुसान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दक्षिण कोरियाको बुसानमा भएको भेटवार्ता करिब एक घण्टा ४० मिनेटमै समाप्त भएको छ ।

चिनियाँ सञ्चारमाध्यम सीसीटीभीका अनुसार दुवै नेता बैठक सकेर भेटघाट स्थलबाट बाहिरिँदा आ–आफ्नो लिमोजिनमा चढ्दै गरेका देखिएका थिए ।

ट्रम्पले यसअघि यो बैठक चार घण्टासम्म चल्न सक्ने बताएका थिए, तर वास्तविक वार्ता अनुमानित समयभन्दा धेरै छोटो भयो । यो भेट एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनको छेउमा सम्पन्न भएको हो ।

बैठकमा दुई देशबीच मुख्यतया व्यापार सम्झौता र द्विपक्षीय आर्थिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।

वार्तामा दुवैतर्फबाट सात–सात जना अधिकारी सहभागी थिए । ट्रम्पसँग विदेश मन्त्री मार्को रुबियो, अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीर, ट्रेजरी सचिव स्कट बेस्सेन्ट, वाणिज्य सचिव होवार्ड लट्नक, चीफ अफ स्टाफ सुसी वाइल्स र चीनका लागि अमेरिकी राजदूत डेविड पर्ड्यू सहभागी थिए ।

त्यस्तै, चीनतर्फबाट राष्ट्रपति सीसँग चीफ अफ स्टाफ काई क्यूई, विदेश मन्त्री वाङ यी, उप–विदेश मन्त्री मा झाओक्सु, उप–प्रधानमन्त्री हे लिफेङ, वाणिज्य मन्त्री वाङ वेनताओ र राष्ट्रिय विकास तथा सुधार आयोगका अध्यक्ष झेङ शानजी उपस्थित थिए । (एजेन्सी)



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १३, बिहीबार ०५:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP