मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

५४ प्रतिशत प्रतिनिधिको मागबारे निर्णय नै अहिलेको मूल प्रश्न :शर्मा

1.4K
SHARES
५४ प्रतिशत प्रतिनिधिको मागबारे निर्णय नै अहिलेको मूल प्रश्न :शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको हालको मुख्य विषय विशेष महाधिवेशन गर्ने कि नगर्ने भन्ने प्रश्न भएको बताएका छन् ।

शर्माले सामाजिक सञ्जालमार्फत ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखितरूपमा विशेष महाधिवेशनको माग गरेकाले अब त्यसबारे स्पष्ट निर्णय लिनुपर्ने बताएका हुन् । उनका अनुसार यो मागलाई या त विशेष महाधिवेशनको आयोजनामार्फत, वा त्यसै अवधिभित्र नियमित महाधिवेशन गरी मात्र सम्बोधन गर्न सकिनेछ ।

“यस विषयमा कुनै ‘इफ’, ‘बट’, ‘इन्तु’, ‘परन्तु’ नगरी प्रष्ट बुझ्न जरुरी छ,” शर्माले लेखेका छन् ।

उनले कांग्रेसको विधानले नियमित महाधिवेशन पुस, माघ वा वैशाख महिनामा गर्न सकिने उल्लेख गर्दै पनि, विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएको ९० दिनभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको स्मरण गराएका छन् ।

महामन्त्री शर्माले कांग्रेसले केवल आफ्नै संगठनात्मक जीवनका लागि होइन, देशका हितका लागि गर्नुपर्ने थुप्रै कार्यहरू रहेको उल्लेख गर्दै त्यसतर्फ गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।

उनका अनुसार अहिले केन्द्रीय समिति बैठक जारी छ र केही दिनभित्रै एकता र परिपक्वताको साथ ठोस निर्णयमा पुगिने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २३, आईतवार ०६:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP