मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर सामान्य मौसम, केही पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

871
SHARES
देशभर सामान्य मौसम, केही पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहँदा बाँकी अधिकांश भागमा मौसम मुख्यतया सफा देखिएको छ ।

दिउँसोतिर कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी प्रदेशहरूमा मौसम प्रायः सफा रहनेछ । कोशी र गण्डकीका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने र अन्य ठाउँमा मौसम सफा रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २३, आईतवार ००:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP