मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपकुलपति र रजिष्ट्रारका लागि आवेदन खुल्यो

962
SHARES
उपकुलपति र रजिष्ट्रारका लागि आवेदन खुल्यो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार पदका लागि खुला प्रतिस्पर्धाकाबीच आवेदन आह्वान गरेको छ ।

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ अनुसार उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि मन्त्रालयले योग्य उम्मेदवारहरूबाट आवेदन मागेको हो ।

आवेदनका साथ अवधारण पत्र र रणनीतिक पत्र समेत पेश गर्नुपर्ने जानकारी मन्त्रालयले सार्वजनिक गरेको छ । इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

साविक गेटा मेडिकल कलेज अब सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत कार्यरत छ र यस विश्वविद्यालयको नेतृत्वका लागि योग्य उम्मेदवार खोज्ने प्रक्रिया सुरु भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १६, आईतवार १०:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP