मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नुम्बुर हिमालको पहिलो सफल आरोहण, तीन विदेशी आरोहीले लेखे नयाँ इतिहास

949
SHARES
नुम्बुर हिमालको पहिलो सफल आरोहण, तीन विदेशी आरोहीले लेखे नयाँ इतिहास

सोलुखुम्बु । सोलुखुम्बुमा अवस्थित ६ हजार ९५८ मिटर उचाइको नुम्बुर हिमालको चुचुरोमा पहिलोपटक मानव पाइला पुगेको छ । पर्यटन विभागले आरोहण खुला गरेको एक वर्षपछि सेभेन समिट ट्रेकमार्फत तीन विदेशी आरोहीले हिमालमा सफल आरोहण गरेका हुन् ।

इटालीका हर्भ, जर्मनीका फेलिक्स र पोल्याण्डका आडमले १५ घण्टाको कठिन आरोहणपछि आइतबार बिहान नुम्बुरको शिखरमा पुग्न सफल भएका हुन् । विभागका अनुसार यो आरोहण ऐतिहासिक उपलब्धिका रूपमा दर्ता भएको छ ।

पर्यटन व्यवसायी फुछिरी शेर्पाका अनुसार नुम्बुरको यो पहिलो सफल आरोहणले हिमालको इतिहासमा नयाँ अध्याय सुरु गरेको छ । “अब नुम्बुर पनि विश्व आरोहीहरूको गन्तव्य बन्नेछ,” उनले भने ।

सोलुदुधकुण्ड नगरपालिका–१ मा पर्ने नुम्बुर हिमाललाई स्थानीयहरूले दुधकुण्ड तालको शीरको रूपमा मान्ने गर्छन् । नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले नुम्बुरको सफल आरोहणले यस क्षेत्रको पर्यटनमा नयाँ ढोका खोलेको बताए ।

सफल आरोही टोलीलाई वडाध्यक्ष छोङ्बा शेर्पा र पर्यटन व्यवसायी फुछिरी शेर्पालगायत स्थानीयले संयुक्त रूपमा स्वागत गरेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ७, शुक्रबार ०४:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP