मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विद्युत् प्राधिकरणमा नेतृत्व परिवर्तनः हितेन्द्रदेव शाक्य हटाई मनोज सिलवाल नियुक्त

4.8K
SHARES
विद्युत् प्राधिकरणमा नेतृत्व परिवर्तनः हितेन्द्रदेव शाक्य हटाई मनोज सिलवाल नियुक्त

काठमाडौ । नेपाल विद्युत् प्राधिकरण (नेवि‍प्रा) को नेतृत्वमा फेरबदल गरिएको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाउँदै प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक इन्जिनियर मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशकमा नियुक्त गरिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए ।

शाक्यलाई अब जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञका रूपमा नियुक्त गरिने छ भने रिक्त भएको प्राधिकरणको कार्यकारी निर्देशक पदमा सिलवालले कार्यभार सम्हाल्ने मन्त्री खनालले स्पष्ट पारे ।

सरकारको यो निर्णयसँगै प्राधिकरणमा नेतृत्व परिवर्तन भई नयाँ ऊर्जा व्यवस्थापनका लागि नयाँ रणनीति आउने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ५, आईतवार १४:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP