मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ : मन्त्री पुन

2.7K
SHARES
कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ : मन्त्री पुन

विश्वविद्यालयको सुधारका लागि नीतिगत परिवर्तनको आवश्यकता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने विद्यमान व्यवस्था अब हटाउनुपर्ने बताएका छन् । उनले विश्वविद्यालयहरूमा बढ्दो राजनीतिक हस्तक्षेपको अन्त्यका लागि यो कदम आवश्यक रहेको बताएका हुन् ।

मन्त्री पुनले सोमबार केशरमहलस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विश्वविद्यालयहरू शैक्षिक र अनुसन्धानको थलो हुनु पर्नेमा राजनीतिक रंगिनो दुःखद विषय भएको बताए । उनका अनुसार कुलपति प्रधानमन्त्री हुने व्यवस्थाले विश्वविद्यालयलाई स्वतन्त्र रूपमा अघि बढ्न बाधा पुर्‍याइरहेको छ ।

उनले भने, ूअहिले विश्वविद्यालयहरूमा राजनीति हावी भएको गुनासो सर्वत्र सुनिन्छ । यस्तो अवस्था अन्त्य गर्न कुलपति पदमा प्रधानमन्त्रीको संलग्नता हटाउनु जरुरी छ । विश्वविद्यालय शैक्षिक संस्था हो, राजनीतिक अखडा होइन ।ू

यद्यपि, कानुन संशोधन तत्काल सम्भव नभए पनि मन्त्री पुनले विश्वविद्यालय सुधारका कार्यक्रमहरू अघि बढाउने तयारी भइरहेको जानकारी दिए । उनले उच्च शिक्षाको गुणस्तर वृद्धि, अनुसन्धान प्रवर्द्धन, र विश्वस्तरीय विश्वविद्यालय निर्माणका लागि आवश्यक आधार तयार गर्ने योजनामा सरकार लागेको स्पष्ट पारे ।

मन्त्री पुनले शिक्षा प्रणालीलाई दीर्घकालीन रूपमा सुधार गर्न शिक्षा नीति, पाठ्यक्रम, तथा प्रशासनिक संरचनामा समेत सुधार आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा सरोकारवालासँग छलफल गर्दै सुधार कार्यक्रम अगाडि बढाइने जानकारी गराए ।

विश्वविद्यालयहरूको राजनीतिकरण हटाएर शुद्ध शैक्षिक वातावरण सिर्जना गर्न मन्त्री पुनको पहल महत्वपूर्ण मानिएको छ । तर, यो कार्यान्वयनमा ल्याउन राजनीतिक इच्छाशक्ति, कानुनी संशोधन र व्यापक सहकार्य आवश्यक पर्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ४, मंगलवार ००:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP